काठमाडाैं, बैशाख ६ः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस कास्की नेताहरूलाई काठमाडौँ बोलाएका छन् । सभापति देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौँ बोलाएका हुन् । बराल नेतृत्वको टोली काठमाडौँ आउदै गरेकाे जानकारी प्राप्त भएकाे छ ।
जिल्ला सभापति बरालले भने, सभापतिज्यूले बोलाएपछि हामी काठमाडौँ आउँदै छौँ । अहिले बाटोमा छौँ ।
गठबन्धनभित्र पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीले दह्रो अडान राखेपछि सभापति देउवाले कास्की काँग्रेसका नेतालाई बोलाएको बुझिएको छ ।