सफा हिमाल अभियान २०२२ को टोलीहरु आधार शिविरमा

रिपोर्ट नेपाल | 2022 Apr 24 | 09:15 pm 257

काठमाडाैं, बैशाख ११ः सगरमाथा, ल्होत्से, कञ्‍चनजंघा र मनास्लु गरी ४ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा संचालित “सफा हिमाल अभियान २०२२” मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरु योजनानुसार आ-आफ्नो आधार शिविर (Base Camp) मा पुगेका छन् ।

सफाइ अभियान अन्तर्गत सगरमाथा/ल्होत्सेमा खटिएका टोली मिति २०७९ बैशाख १ गते, कञ्‍चनजंघामा खटिएका टोली ८ गते र मनास्लुमा खटिएका टोली ९ गते आधार शिविर (Base Camp) मा पुगेका हुन् । आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्‍चात स्थानीय संस्कार अनुसारको पुजाआजा सम्पन्‍न गरेका छन् । बेश क्याम्प पुगे पश्चात उक्त टोलीहरुले फोहोर संकलन गर्ने कार्य शुरु गरेका छन् ।

हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीहरुसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन कार्य मिति २०७९ जेष्ठ २२ गतेसम्म संचालन गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.