सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा मृतक परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

| 2022 Apr 16 | 04:21 pm 349

  • महेश सिंह

सिरहा, बैशाख ३ः सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मानव कल्याणका लागि कार्यालयमा आउने मृत्यु दावी भुक्तानी सहजै पीडितलाई दिने गरेका छन्।

नेपालमा धेरै इन्स्योरेन्सहरु भए पनि सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सका जस्तो सुकै कामहरु सहजै गर्न थाले पछि समाजमा सन नेपाल लाईफ इन्स्योरेन्स तिर ध्यानाकर्षण भएको छ। जनतालाई सेवा सुबिधा सहजै दिन थालेपछि मान्छेले सन नेपाल लाईफ इन्स्योरेन्स तिर मान्छेको झुकाब बढी देखिएको हो।

प्रबन्धक महतोले निरन्तर मृत्यु दावी भुक्तानी दिन थालेका छन्। वैदेशिक रोजगारमा दुबै पुगेका मृतक परिवारलाई प्रबन्धक उपेन्द्र नारायण महतोले खोजी खोजी मृत्यु दावी भुक्तानी दिन थाले पछि प्रबन्धक महतोलाई पीडित परिवारहरुले सम्मान गर्न थालेका छन्।

सिरहाको गोलबजार नगरपालिका १० धर्मपुर बस्ने एक महिलाले श्रीमान् गुमाएकी छिन्। स्थानीय बिशमबुद्ध लामा र फुल कुमारी लामाकी कान्छो छोरा शेरत कुमार लामाले वैदेशिक रोजगारीमा दुबै पुगेका थिए। दुबै पुगेको केहि महिना नबितदै उनको मृत्यु भएको थियो।

उनी बिदेश जाने क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगारी बिमा गराएका थिए।लामाको २०७८ फागुन १ गते दुबै स्थित काम गर्दै गर्दा मृत्यु भएको थियो। मृतक लामाको २ छोरा र श्रीमती रहेकी छन।

मृतकको श्रीमती लालु माया नार्तेनलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले क्रिया खर्च सहित ११ लाखको चेक हस्तान्तरण गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.