सन नेपाल लहान शाखाद्वारा पीडित परिवारलाई १२ लाखको चेक हस्तान्तरण

रिपोर्ट नेपाल | 2022 Apr 19 | 09:15 pm 997

  • महेश सिंह

सिरहा, बैशाख ६ः वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाद्वारा १२ लाखको चेक हस्तान्तरण गरेको छ।

सप्तरीको राजबिराज नगरपालिका १४ प्रसाही बस्ने राम देब मंण्डल र मिना देवी मंण्डलको छोरा ३३ बर्षीय राजेश कुमार मंण्डल वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा बस्दै आएका थिए।

उनी केहि दिनको लागि छुट्टीमा घर आएका थिए। घरबाट साउदी पुगेको १५ दिन नबित्दै उनको आफ्नै काल गतिले २०७८ फागुन १ गते साउदीमै मृत्यु भएको थियो। घरको जेठो छोराको मृत्यु भएपछी परिवारमा थप चिन्ता थपिएको छ । मृतक मंण्डलको अढाई बर्षकी एक छोरी र श्रीमती छन्।

वैदेशिक रोजगार जादा गरेको बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती पुनम कुमारी मंण्डललाई १२ लाखको चेक हस्तान्तरण गरेको हो।

प्रबन्धक महतोले निरन्तर पीडित परिवारहरुलाई सहयोग गर्न घरसम्म पुगने गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.