सन्दीपले ट्वीट गरेपछि अमेरिकी दूतावासले ‘भिसा रिभ्यू’ गर्न भन्दै बोलायो

रिपोर्ट नेपाल | 2019 Aug 13 | 02:44 pm 120

काठमाडौं, साउन २८ :  क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि अमेरिकी प्रवेशाज्ञा लिन खोजेका क्रिकेटर सन्दीप लामिछानेलाई फेरि दूतावासले बोलाएको छ ।

क्रिकेट टीमका व्यवस्थापक रमन शिवाकोटीले आफूहरु फेरि अमेरिकी दूतावास जान लागेको बताएका छन् । अमेरिकी दूतावासले लामिछानेलाई भिसा अस्वीकार गरेपछि उनले आफूलाई अचम्म लागेको भन्दै ट्वीट गरेका थिए ।

प्रधानमन्त्री, दूतावास लगायतलाई ‘मेन्सन’ गरेका उनलाई दूतावासले ‘रिभ्यू’का लागि बोलाएको बताइएको छ । शिवाकोटीका अनुसार उनीहरु महाराजगञ्जस्थित अमेरिकी दूतावास फेरि गएका छन् । सन्दीपले पनि ट्वीट गर्दै ‘समस्या समाधान’ भएकाे बताए । यसकाे मतलब दूतावास उनीप्रति सकारात्मक भएकाे बुझिन्छ ।

पछिल्लाे जानकारी अनुसार अमेरिकी दूतावासले सन्दीपका कागजात फेरि संकलन गरेर राखेकाे छ । क्रिकेटर लामिछाने लिगमा जानुअघि अमेरिका पुग्न चाहेका थिए । तर भिसा अस्वीकार गरेपछि उनले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.