सत्यवती गाउँपालिकाले एकीकृत माझी बस्ती निर्माण गर्दै

रिपोर्ट नेपाल | 2020 Jan 03 | 12:22 pm 72

गुल्मी, पुस १८: माझीहरुका लागि सत्यवती गाउँपालिकाले एकीकृत बस्ती निर्माण गरिदिने भएको छ।

गाउँपालिकाले त्यस पालिकामा रहेका २८ घर माझी र घर जग्गा नभएका २३ परिवारका लागि एकीकृत वस्ती निर्माण गरिदिने गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।

घर जग्गा नभएका २३ घर माझीमध्ये खैरेनीका १४ र अस्लेवाका नौ घरपरिवारका लागि एकीकृत वस्ती निर्माण गर्न गाउँपालिकाले टेन्डर प्रक्रिया समेत अगाडि बढाएको वडा नम्बर १ वडाध्यक्ष भीमलाल पाण्डेले बताए।

माझीहरुका लागि भूकम्पको पुनर्निर्माण प्राधिकरणबाट तीन घर निर्माण भएको र अब दुई घर निर्माण गरिदिने गाउँपालिकाले जनाएको छ।

एकीकृत वस्तीको घरमा ट्वाइलेट बाथरुम र किचन पनि रहनेछ। वस्ती निर्माणका लागि एक करोड ७५ लाख रुपैयाँको बहुवर्षीय टेन्डर निकालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.