सडक डिभिजन कार्यालय पोखराका प्रमुख तथा इन्जिनियर अख्तियारको फन्दामा

| 2019 Aug 08 | 08:59 pm 75

कास्की, साउन २३:  बिहिबार सडक डिभिजन कार्यालय पोखराका प्रमुख तथा इन्जिनियरलाई अख्तियारको टोलिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरि कुमार पोख्रेल र इन्जिनियर पबित्रमणि आचार्य रहेका छन् ।

उनीहरूलाई  साँझ करीब ७ बजेको समयमा प्रमुखको क्वाटरबाट ९ लाख रुपैयासहित अख्तियारको टोलिले पक्राउ गरेकाे हाे ।

बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएमआर कम्पनिका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरि प्रसादको क्वाटरमा गएका थिए ।

उनीहरुले झोलामा लगेको ९ लाख रुपैया हरि प्रसाद पोख्रेललाई बुझाएको र पोख्रेलले सो रकम राख्नका लागि आफ्ना भान्सेलाई दिएका थिए । उनका भान्सेले सो रकम लेखा अधिकृतका भान्सेलाई राख्न दिएको समयमा अख्तियारको टोलिले बिशेष सुचनाको आधारमा पक्राउ गरेको हो ।

उक्त नगद बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का लेनदेनको हुनसक्ने आशंका श्रोतको रहेको छ । यसरी सडक डिभिजन कार्यालयका प्रमुख र इन्जिनियरको सेटिङमा पैसाको लेनदेनमा भएको खुल्न आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.