माेरङ, बैशाख ९: ठूलो रकमको हारमार हुने गरी बाजी लगाएर सट्टाबाजी खेल्ने र खेलाउने गरेको आरोपमा दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–६ का ४२ वर्षीय सचिनकुमार साह र विराटनगर–९ का ४४ वर्षीय भूपेन्द्रकुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बाजी लगाएर सट्टाबाजी खेल्ने र खेलाउने गरेको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट २८ हजार तीन सय २५ रूपैयाँ नगद, दुईवटा मोबाइल, शिद्धार्थ र लक्ष्मी बैंकको चेक बरामद गरेको छ। डीएसपी श्रेष्ठले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत मोरङबाट बिहीबार म्याद थप गरेर सट्टाबाजी मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकबाट