सञ्चारमाध्यमा ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति प्रधानमन्त्री ओलीको आपत्ति

रिपोर्ट नेपाल | 2021 Jan 21 | 04:19 pm 289

काठमाडाैं, माघ ८ः प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमा पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति जनाएका छन्। बिहीबार उनी निकट प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको भेलामा प्रधानमन्त्रीले नेपाली पत्रकारले आफ्नो सभ्यता भुलेर ‘तिमी’ शब्द प्रयोग गर्ने गरेको बताए।

प्रधानमन्त्री ओलीले भने, हाम्रो सभ्यतमाथि हमला भइरहेको छ। तपाईंहरु पनि कति होसियारी साथ कति बेहोसी साथ, लेख्नुपर्‍यो भने, अंग्रेजी ‘यू’ को अनुवाद तिमी लेख्नुहुन्छ, ‘तपाईंहरु आफ्नो बा, आमा हजुरआमा, हजुरबाहरुका बारेमा लेख्नुपर्‍यो भने तपाईं भन्नुहुन्छ जस्तो लाग्दैन तिमी भन्नुहुन्छ सबैलाई।

अंग्रेजहरुले आफ्नो सभ्यतालाई विश्वभर फैलाउन चालेको चाललाई नेपालका पत्रकारले अनुशरण गरेको उनले बताए। ओलीले नेपाली पत्रकारहरु आफ्नै पूरानो सभ्यताम फर्किनुपर्नेमा जोड दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.