सगरमाथा आरोहणका क्रममा गाइडको मृत्यु

| 2022 Apr 14 | 05:19 pm 201

काठमाडौं, वैशाख १ः सगरमाथाको आरोहण गर्ने क्रममा बिहीबार बिहान एक गाइडको मृत्यु भएको छ। मृत्यु हुनेमा माप्य दुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३७ वर्षीय निमातेन्जी शेर्पा रहेका छन् । उनी खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेकाे  कम्पनीले जानकारी दिएको छ।

दोस्रो क्याम्पतर्फ जानेक्रममा बिरामी परेपछि तत्कालै मृत्यु भएको गाइड कुङगा शेर्पाले जानकारी दिए।  मृतकको शव पोष्टमार्टेमका लागि हेलिकप्टरबाट लुक्ला ल्याएको उनले जानकारी दिए। शेर्पा इन्टरनेस्नल माउन्टेन गाइड (आइएमजी) कम्पनीबाट आरोहणका लागि गएका गाइड हुन् । उनको लेख लगेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.