सगरमाथाको आरोहण गर्ने दृष्टि बिहीनलाई विप्लवको सहयोग

| 2020 Jan 12 | 01:47 pm 115

बाग्लुङ, पुस २७ः आगामी चैत्र महिनामा सगरमाथा आरोहण गर्ने अठोट गरेका बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाका दुष्टि बिहीन अमिट केसीलाई एक समाजसेवी युवाले दश हजार नगद सहयोग गरेका छन् ।

 

रोटरी क्लब अफ पर्वतका पूर्वअध्यक्ष एवम् शिव माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विप्लव हमालले उक्त नगर सहयोग गरेका हुन् ।

उद्योग बाणिज्य संघ पर्वतका सल्लाहकार समेत रहेका हमालले आँखा देखेर पनि अन्धा जस्तै भएको समाजमा दृष्टि बिहीन अमिट केसीले देखाएको साहसको सम्मानमा नगद दश हजार सहयोग गरेको जनाएका छन् ।

२९८औं पृथ्वी जयन्तीको अवसर पारेर आफूले साहसिक दृष्टिबिहीन अमिटलाई सहयोग गरेको हमालले रिपोर्ट नेपाललाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.