सखुवानान्कारकट्टीमा एसका यादव र जसपाका यादवबीच कडा प्रतिस्पर्धा हुने

रिपोर्ट नेपाल | 2022 Apr 24 | 10:47 am 1205

  • महेश सिंह

सिरहा, बैशाख १०ः सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा विभिन्न राजनिती दलहरुले आफ्नो पक्षमा भोट झार्न घरदैलो कार्यक्रम गर्दै आएका छन्। निर्वाचन आयोगले चुनावमा भाग लिन ११ र १२ गते मनोनयन दर्ता गराउन समय तोकेको छ। मनोनयन दर्ता गराउन सबै राजनीती दलहरु तैनाथ रहेका छन्।

सखुवानानान्कारकट्टी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जसपा नेपाल, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एमाले र जनमत पार्टीकोले दल दर्ता र मनोनयन गराउनका लागि तयार रहेका छन्।

एकीकृत समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा केदारनाथ यादव, जसपा नेपालबाट पालिका अध्यक्षमा परियागलाल यादव, माओवादी केन्द्रबाट अध्यक्षमा हरिनन्दन यादव, लगायतका उमेदवारहरुले मनोनयन दिन तयारी अवस्थामा रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.