सखुवानन्कारकट्टी ४ मा जसपाबाट रमेश यादवको उम्मेदवारी दर्ता

रिपोर्ट नेपाल | 2022 Apr 26 | 08:21 am 389

  • महेश सिंह

सिरहा, बैशाख १३ः सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ४ मा जसपा नेपालबाट वडा अध्यक्षको लागि युवा नेता रमेश कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन्। उनले बैशाख ३० गते हुन् लागेको स्थानीय तहको चुनावमा भागलिन मनोनयन दर्ता गराएका हुन्। नेता यादवलाई पार्टीले वडा कमिटीबाट सिङ्गल नाम सिफारिस गरेका थिए।

उनले अघिल्लो निर्वाचनमा पनि जसपाबाट टिकट पाएर निर्वाचित भएका थिए। यादव कलिलो उमेरमा वडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भएपछि पुनः यादवलाई आउने निर्वाचनमा पार्टीले उमेदवार बनाएका हुन्। उनले गरेका बिकास निर्माण कामको प्रशंसा पालिका भरी नै चर्चामा रहेको छ। उनले पुनः वडामा जित्ने संभावना रहेको स्थानीयको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.