सखुवानन्कारकट्टीको उपाध्यक्षमा नेपाली काङ्ग्रेसबाट निलमको उम्मेदवारी

रिपोर्ट नेपाल | 2022 Apr 26 | 12:31 pm 917

  • महेश सिंह

सिरहा, बैशाख १३ः स्थानीय चुनावका लागि सिरहाको सखुनन्कारकट्टीमा गाउँपालिकामा नेपाली काङ्ग्रेस निकट उपाध्यक्ष पदका लागि निलम यादवले मनोनयन दर्ता गरेकी छन्।

बिगत केही बर्ष देखि राजनीतिमा सकृय हुँदै वडा कमिटीको सदस्य समेत रहेकी ऊनी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भागलिन उम्मेदवारी दर्ता गराएकी हुन्। समाजवादको एजेन्डा बोकेकी यादव हाल पालिका उपाध्यक्षका लागि उम्मेदवार बनेकी छन्।

छोटो समयमा राजनीतिमा निकै लोकप्रिय भएकी उनी पार्टीलाई सत्तामा ल्याउन भोट माग्नमा ब्यस्त देखिएकी छन्। राजनीति पृष्ठभुमि परिवारकी महिला समेत रहेकी ऊनी पालिकामा काङ्ग्रेस पार्टीको कसिलो उम्मेदवार र प्रतिस्पर्धामा आउने उम्मेदवार हुन् । त्यसैगरी विभिन्न राजनीति पार्टीका नेता कार्यकर्ताहरु भोट माग्नमा ब्यस्त देखिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.