संसदीय दलमा बहुमत पुर्याएर देखाउन प्रम ओलीको दाहाल-नेपाललाई शुझाब

| 2021 Mar 01 | 06:11 pm 313

काठमाडौँ फागुन १७: प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तयार नभएपछि नेकपा दाहाल-नेपाल समूहले पुस ५ गते संघीय संसद सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव अघि नबढाउने भएको छ।

सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको थियो । यस्तो अवस्थामा उक्त अविश्वास प्रस्तावको बिषयलाई लिएर ब्यापक चर्चा छ । प्रचण्ड- माधब समुहले अघि सरेको अविश्वास प्रस्तावमा पुष्पकमल दाहाल ‘प्रचणड’लाई भावी प्रधानमन्त्रीका रुपमा पेश गरिएको थियो। उक्त प्रस्तावमा दाहाल-नेपालले ९० जना सांसदको हस्ताक्षर पेश गरेका थिए। तर दाहाल-नेपालको उक्त अविश्वास प्रस्तावबाट अहिलेसम्म ६ जना सांसदले हात झिकिसकेका छन्।

दलको नेता ओली र उपनेता सुवास नेम्वाङ एकैतिर भएकाले प्रचण्ड–माधव समूहबाट निवेदन आए पनि बैठक नबोलाउनेबारे ओली समुहले जनाएको छ । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको छ भने ओली पक्षले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै संसदमा नै सामना गरेर अघि बढ्ने योजना बनाएको छ ।

प्रम केपी ओलीले आज एक कार्यक्रमका बीच आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती समेत दिएका छन् । ‘म भाग्ने व्यक्ति होइन विधि र प्रक्रियाबाट हटाउनुहोस्’ उनले भने । विधि र पद्धतिअनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको ओलीले बताए । संसदीय दलमा बहुमत पुर्याएर देखाउन प्रम ओलीको दाहाल-नेपाललाई शुझाब

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.