संसदमा ‘लुट्न सके लुट कान्छा…’ जुहारी, प्रमोद खरेलले भने- ‘गीत माथि राजनीति नगर्नुस्’

रिपोर्ट नेपाल | 2019 Feb 18 | 05:18 pm 150

काठमाडौं, फागुन ६ :गायक प्रमोद खरेलले पशुपति शर्माको गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन्। सोमबारको संसद बैठकमा शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतलाई लिएर प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी चलेपछि खरेलले गीतमा गीत माथि राजनीति  नगर्न आग्रह गरेका हुन् ।

सोमबारको बैठकमा कांग्रेस सांसद अमरेश कुमार सिंहले गीत हटाउन लगाएर सरकारले वाक स्वतन्त्रताको हनन गरेको भन्दै गायक शर्मालाई सहयोग स्वरुप २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए। त्यसलगत्तै सत्तारुढ सांसद झपट रावलले शर्माको गीत गाइदिए अमरेशलाई नै आफ्नो एक महिनाको तलब दिने भन्दै व्यंग्य गरेका थिए।

संसद सत्ता र प्रतिपक्षीबीच यसरी जुहारी चलेपछि गायक खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत ‪त्यो पैसा आफ्नो क्षेत्रको विकासमा थप्न सुझाव दिएका हुन्। उनले भनेका छन्, ‘जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस। ‪कर्म गर्नुस, गीतमाथि राजनीति नगर्नुस।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.