संविधान दिवसको र्‍याली निस्कन लाग्दा चाेकमा शंकास्पद वस्तु फेला

रिपोर्ट नेपाल | 2019 Sep 20 | 10:56 am 38

मकवानपुर, असाेज ३:  शुक्रबार बिहान हेटौंडाको बुद्धचोकमा अज्ञात समुहले राखिएको शंकास्पद वस्तु फेला परेकाे छ । उक्त वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । संविधान दिवसको र्‍याली निस्कने भनी तय गरिएको बुद्ध चोकमा  प्रेसरकुकर भित्र शंकास्पद बस्तु भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराइले जानकारी दिए ।

प्रेसरकुकर भित्र ढुङ्गा राखिएर त्रासित बनाउन खोजिएको भेटिएकाे छ । उक्त शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले  डिस्पोज गरिसकेकाे बताए ।

शंकास्पद वस्तु विप्लव नेतृत्वको नेकपाले राखेको प्रहरीको अनुमान छ ।शंकास्पद वस्तुका कारण बिहान ७ बजे निस्कने भनिएको र्‍याली आधा घण्टा ढिलाे सुरू भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.