संयुक्त राष्ट्रसंघका महासचिव गुटनबर्ग युक्रेनमा

रिपोर्ट नेपाल | 2022 Apr 28 | 12:08 pm 325

दमासकस, वैशाख १५ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटनबर्ग युक्रेन पुगेका छन् । उनले सो कुरा ट्वीट गरेर जनाएका हुन् । उनले ट्वीटमा भनेका छन्– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर उनले सो कुरा जानकारी दिएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन् । राष्ट्रसंघीय महासचिव गुटनबर्गले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन् । उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताएका छन् ।

महासचिव गुटनबर्ग हालैमात्र रुसको भ्रमणमा गएका थिए । त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका थिए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.