संगीता कर्माचार्यको स्मृतिमा प्रथम गोल्डकप सम्पन्न

रिपोर्ट नेपाल | 2021 Nov 16 | 08:59 pm 209

  • महेश सिंह

सिरहा, कात्तिक ३०ः सिरहाको लहान नगरपालिका वडा नम्बर १५ बानो स्थित संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा संचालित प्रथम गोल्डकपको फाईनल खेल सम्पन्न भएको छ ।

पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको थियो।फाइनल खेलमा प्रथम हुनेलाई मेडल, प्रमाणपत्रसहित ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई मेडल, प्रमाणपत्रसहित ३० हजार रुपैयाँ पुरस्कार दिइने बानो फुटबल क्लबका अध्यक्ष आनन्द चौधरीले जानकारी दिए ।

No description available.

फाईनल खेलमा बानो फुटबल क्लब बानो १ – ० ले बिजयी भएका छन् । बानो फुटबल क्लब प्रथम र स्पोर्ट्स कलब गोलबजारले दोश्रो भएको थियो। फाईनल खेलको समय दुबै टिमलाई ४० – ४० मिनेटको समय दिइएको थियो। उक्त खेलमा गोलबजारको बिनु मगर उत्कृष्ट खेलाडी भएका थिए। त्यसैगरी म्यान अफद सिरिज र गोल गर्ने खेलाडी कृपा सिन्धु चौधरीले पाएको स्थानीय दिपेन्द्र चौधरीले जानकारी दिए ।

खेल समापनपछि समाजसेवी महेश चौधरी र पूर्व मन्त्री पदम नारायण चौधरीले प्रथम र दोस्रो हुने टिमलाई घोषणा गरेको राशीको पुरस्कार वडा अध्यक्ष तेज नारायण चौधरीको रोहबरमा प्रदान गरिएको थियो।

खेलको उद्घाटन नेपाली कांग्रेसका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य पदमनारायण चौधरीले गरेका थिए । मन्तवयको क्रममा चौधरीले कुलतबाट बचाउन युवाहरुलाई खेलतर्फ आकर्षित गर्नुपर्ने बताएका थिए ।

स्वर्गीय समाजसेवी कर्माचार्यले कोरोनाकालमा गरिब विपन्न बस्तीमा राहत वितरण गर्ने क्रममा कोरोना संक्रमित भई मृत्यु भएको थियो । उनको समाजसेवाको सपना अनुसार मृत्यु भएको दिन हरेक महिना २२ गते प्रतिष्ठान मार्फत समाजसेवा कार्यलाई अगाडिं बढाएको प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले जानकारी दिए।

श्रीमति संगिता कर्माचार्यको सम्झनामा संगीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा खेलकुद प्रतियोगिताको आयोजना गरेको समाजसेवी महेश चौधरीले बताए।

No description available.

२०७८ जेठ २२ गते मेरो श्रीमती संगिता कर्माचार्यको कोरोनाको कारण अकालमा मृत्यु भएको छ, सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते समाजिक कामगर्ने प्रतिबद्धता गरेअनुरूप यस पटक खेलकुद प्रतियोगिता संचालन गरेको र यस प्रतियोगितामा मेरो ब्यक्तिगत तर्फबाट लाखौ खर्च भएको उनले बताए ।

उदघाट समहरोहमा समाजसेवी तथा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य महेश चौधरी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अच्छिमत लाल चौधरी, वडा न. १५ का वडा अध्यक्ष तेजनारायण चौधरी, समाजसेवी बिरेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो। खेलको सम्पूर्ण खर्च समाजसेवी महेश चौधरीले बेहोरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.