संगित क्षेत्रमा कलम चलाएका खत्री संम्मानित

रिपोर्ट नेपाल | 2019 Aug 10 | 05:17 pm 82

  • तिलाचन पाण्डे

गुल्मी, साउन २५:  लामो समयदेखी लोक बिद्यासंगै संगित क्षेत्रमा कलम चलाएका अनिल खत्री पुरस्कृत भएका छन् । शनिवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको छैठौं जिल्ला अधिवेशनको अवसरमा सदरमुकाम तम्घासमा राखेको कार्यक्रमा पुरस्कृत गरिएको छ ।

गुल्मीमा रहेर एक दशक बढी समय यता पत्रकारिता गर्दै आएका खत्रीलाई जिल्लाको सांगीतीक क्षेत्रमा कलम चलाएको भन्दै ‘लोक पत्रकारिता’ पुरस्कारले पुरस्कृत गरेको हो । पुरस्कृत भएका खत्रीलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रीय निवर्तमान अध्यक्ष चन्द्र शर्मा प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्तले नगद र सम्मान पत्रले सम्मन गरेका थिए ।

पत्रकार खत्री नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष समेत रहेका छन् । उनि जिल्लामा रहेर राष्ट्रिय र स्थानिय सञ्चार माध्यममा काम गर्दै आएका छन् ।

प्रतिष्ठान गुल्मीले प्रत्येक अधिवेशनको अवसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पत्रकार खत्री सहित अरु ३ जना सामाजिक व्याक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

जिल्ला सदरमुकाम तम्घासमा सर्वप्रथम मोटरबाटो ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मदाने गाउँपालिका १ निवासी बैकुण्ठबहादुर चन्द र शिविलइन्जिनियर रेसुङ्गा नगरपालिका वडा नम्बर ८ निवासी हिराबहादुर भलामीलाई सम्मान गरिएको थियो । प्रतिष्ठान गुल्मीका संस्थापक एवं निर्वतमान अध्यक्ष रेसुङ्गा नगरपालिका वडा नम्बर १३ निवासी खुमबहादुर खत्रीलाई सम्मान गरिएको थियो ।

चन्द र भलामीलाई जिल्लाको विकासको निम्ति महत्वपूर्ण भूमिका खेलेको भन्दै विकास दुतको रुपमा सम्मान गरिएको थियो । भने खत्रीलाई प्रतिष्ठान गुल्मीमा रहेर कला संस्कृतिको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।

त्यस्तै संस्थालाई सहयोग गरेको भन्दै प्रतिष्ठानका केन्द्रीय निर्वतनमान अध्यक्ष चन्द्र शर्मा, पत्रकार मदन खनाल, उत्कृष्ट सदस्य तर्फ प्रकाश बस्नेत, सञ्जीवनी अर्याल, समाजसेवी मानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

‘पुराना श्रष्टा र सर्जकलार्ई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन’ भन्ने नाराका साथ शनिवार गुल्मीको सदरमुकाम तम्घासको वालमन्दीर परिसरमा सांस्कृतिक कार्याक्रमहरु सहित गुल्मी लोक तारा दुईको उत्कृष्ट छनोट र जिल्ला शाखाको छैठौं जिल्ला अधिवेशन पनि सम्मपन्न गर्दै छ । अधिवेशनको अवसरमा २ दर्जन बढी राष्ट्रिय कलाकारसँगै साँस्कृतिक कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानले सञ्चालन गरेको गुल्मी लोक तारा दुईलाई सम्पन्न गर्ने सहयोगी संथालाई पनि सम्मान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.