श्रोत नखुलेको नेपाली नगद १८ लाखसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 28 | 02:36 pm 38

महोत्तरी, असार १४ः जिल्लाको मनराशिष्वा नगरपालिका २ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका २ का १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजय कुमार साह र २७ वर्षीय जय कुमार साह रहेका छन् ।

उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपैयाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरी टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११प ८१०८ नम्बर र प्रदेश २–०३–००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.