श्याम कुमार कटुवाल ग्रामिण विकास लघुवित्तको सिइओमा नियुक्त

| 2022 Apr 27 | 06:57 pm 281

काठमाडौं, बैशाख १४ः ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् ।

लघुवित्तको वैशाख १३ गते बसेको संचालक समितको बैठकले कटुवाललाई सिइओमा चयन गरेको हो । सो बैठकले उनलाई वैशाख १४ गतेदेखि लागू हुनेगरी चार वर्ष कार्यकालको लागि नियुक्त गरेको हो ।

साथै उनले आज अर्थमन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा संचालक समितिका अध्यक्ष धन बहादुर बरुवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

यसअघि कटुवाल सोही संस्थामा १ वर्ष ९ महिना कायम मुकायमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नाकोत्तर गरेका उनको बैकिङ्ग र लघुवित्त क्षेत्रमा करिब २८ वर्षभन्दा बढी कार्यअनुभव रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.