शिक्षकको कुटाईबाट एक विद्यार्थीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 10 | 12:30 pm 23

कञ्चनपुर, असार २५:  एक निजी स्कुलका शिक्षकको कुटाईबाट कञ्चनपुरमा घाईते विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालय ९ कक्षामा अधध्ययनरत छात्र माधव कलौनी रहेका छन् ।

साथीभाइसँग झै–झगडा गरेको भन्ने विषयकाे आधारमा  विद्यालयका प्रधानाध्यापक सहितका शिक्षकले कलौनीलाई कुटपिट गरेको उनको परिवारले बताएका थिए ।

कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बुवा बृहस्पति कलौनीले बताए । प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले कुटपिट गरेर घाइते बनाएको उनले बताए ।

कुटपिटबाट कलौनीको टाउको र छातीमा चोट लागेको थियो भने दायाँखुट्टा भाँचिएको बुवा बृहस्पतिले बताए । उनलाइ उपचारका लागि भारत लगिएकाे थियाे उपचारकै क्रममा मृत्यु भएकाे परिवारले जानकारी दिए ।  शव बुधबार भारतबाट नेपाल  ल्याइन लागेको परिवाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.