वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2022 Apr 27 | 03:19 pm 209

काठमाडाैं, बैशाख १४ः वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ पक्राउ पर्नेमा ओखलढुङ्गा सुनकोशी गाउँपालिका वडा नं. १ घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. १०, शिवमन्दिर चोक कपन बस्ने बर्ष ३४ का राम कुमार राई रहेका छन् ।

उनले राष्ट्रिय वाणिज्य वैंक लिमिटेड, गौशाला शाखामा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट मिति २०७८ फागुन २९ मा प्रतिवादी राम कुमार राईलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा २ दिन कैद र रु. ११ लाख ६९ हजार रुपैंया जरिवाना हुने फैसला भएकाे थियाे ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले निज प्रतिवादीलाई मिति २०७९ बैशाख १३ गते टंगाल, काठमाडौंबाट पक्राउ गरी १४ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.