वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2022 Apr 28 | 05:44 pm 229

काठमाडौं, बैशाख १५ः केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले बैंकिङ कसूर मद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया बारबर्दिया न.पा. वडा नं. १ जमुनिया स्थायी वतन भई हाल जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ३१, नयाँबानेश्वर बस्ने बर्ष ३४ का दिनेश भक्त वली रहेका छन् ।

वलीले प्रभु वैंक लिमिटेड कोटेश्वर शाखा र एसबिआई वैंक लिमिटेड, नयाँबानेश्वर शाखामा रकम भुक्तान हुन भनी पर्याप्ता मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा चारी चेक दिएका थिए ।

उनलाई उच्च अदालत पाटनले फागुन १६ र १७ गते फैसला गरी बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम २३ लाख ६५ हजार ४ सय ३४ रुपैंया र बाह्र दिन कैद सजायँ हुने ठहर गरेको थियो ।

फैसला कार्यान्वयन गराउनका लागि उनलाई बैशाख १५ गते बिहीबार पक्राउ गरि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.