वुहान अस्पतालमा कोरोना भाइरसका संक्रमित अन्तिम बिरामी डिस्चार्ज भएपछि…

रिपोर्ट नेपाल | 2020 Mar 13 | 01:48 pm 83

एजेन्सी, फागुन ३०: चीनबाट शुरु भएर विश्वभर फैलिएकोे कोरोना भाइरसको संक्रमण चीनमा भने तीब्र रुपमा कमी आएको छ । गएको डिसेम्बरबाट शुरु भएको यो रोगको संक्रमणबाट गएको चार महिनामा वुहान अस्पतालमा बिरामीको लामो लाइन नै लागेको थियो ।

वुहान अस्पतालका डाक्टर तथा नर्सहरुले अस्पतालको चाप र मानवीय समवेदनालाई विचार गर्दै दिनरात नभनी बिरामीको उपचारमा लागिपरे । कतिपय डाक्टर तथा नर्सहरुले उपचारकै क्रममा संक्रमित भएर ज्यान समेत गुमाए ।

यसैबीच सोशल मिडियामा अहिले एक तस्वीर भाइरल बनेको छ । तस्वीरमा वुहान अस्पतालमा कोरोना भाइरसका संक्रमित अन्तिम बिरामी डिस्चार्ज भएपछि एक डाक्टरले दिएको प्रतिक्रिया देख्न सकिन्छ ।

अन्तिम बिरामी समेत डिस्चार्ज भएपछि वुहान अस्पतालका डाक्टर शियाँल लाइन्ग राहत महसुश गर्दै बिरामी राख्ने बेडमै लमतन्न परेर सुतेका छन् । र छेउछाउमा बिरामी राख्ने बेडहरु रित्तै देखिन्छन् । चीनमा गत बुधवारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६९ पुगेको छ ।

कोरोनाबाट सर्वाधिक प्रभावित भएको वुहानमा पहिलोपटक बुधबार एक जना मात्र संक्रमित भेटिएको पाइएको छ । युरोप–अमेरिका लगायत शक्तिशाली मुलुकमा महामारी बन्दै गएको कोरोनाको संक्रमण चीनले कम गर्न सफल भएकोमा चीनको सराहना गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.