वीरगञ्जकाे मेयरमा सिंहले दिए उम्मेदवारी

रिपोर्ट नेपाल | 2022 Apr 25 | 05:59 pm 501

पर्सा, बैशाख १२ः वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले उम्मेदवारी दिएका हुन् ।

२०७४ को निर्वाचनमा सिंह तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयरका प्रत्यासी थिए । अहिले उनी जनता समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका हुन् । केही दिनअघि उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर जसपा प्रवेश गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.