विस्का जात्राको रथ तान्ने क्रममा च्यापिएर एकजनाको मृत्यु

| 2022 Apr 18 | 08:22 pm 209

भक्तपुर, बैशाख ५ः विस्का जात्राको रथ तान्ने क्रममा रथले किचेर सोमबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका छन् । उनकाे उपचारकाे क्रममा मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ।

जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेको थियो। रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो। उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.