विषादी परिक्षण गरेर मात्रै भारतबाट तरकारी तथा फलफूल आयात गर्न सर्वोच्चको आदेश

| 2019 Jul 11 | 07:16 am 57

काठमाडौं, असार २६ : सर्वोच्च अदालतले भारतबाट निकासी हुने तरकारी र फलफूलमा विषादी परीक्षण फिर्ता लिने मन्त्रिपरिषको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय उल्टाउँदै विषादी जाँच नगर्ने निर्णय गरेको थियो ।

अहिले सरकारको निर्णयसँगै धमाधम भारतीय तरकारी र फलफूल बिना परीक्षण नेपाल भित्रिइरहेका छन् । सरकारले भारतको दवावमा विषादी परीक्षण गर्ने आफ्नै निर्णय उल्टाएको थियो । यहि विषयलाई लिएर अहिले सरकारको आलोचना भइरहेको छ ।

सरकार भारतको दवावमा परेर आफ्नै निर्णयबाट पछि हटेको भन्दै प्रतिपक्षी दलका नेताले मात्र होइन स्वयम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले नै सरकारको निर्णयको आलोचना गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.