विश्वको सबैभन्दा ठूलो शरणार्थी बस्तीमा काेराेना भाइरस प्रवेश

रिपोर्ट नेपाल | 2020 May 15 | 07:46 am 121

एजेन्सी, जेठ २ः विश्वको सबैभन्दा ठूलो रोहिंग्या शरणार्थी शिविर मानिने बंगलादेशको कक्स बजारमा रहेको शिविरमा २ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

म्यानमारबाट विस्थापित भएर आएका उनीहरुको एकै ठाउँ घनारुपमा अव्यवस्थित तरिकाले बसिरहेको र संक्रमण फैलिएमा नियन्त्रण र्गन चुनौती थपिने चिन्ता व्यक्त भइरहेका छन् । त्यस शिविरमा करिब १० लाख रोहिंग्याहरु बस्दै आएको बताइन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमण पुष्टि भएका दुवै जना रोहिंग्या शरणार्थीलाई हाल आइसोलेशनमा राखेर उपचार सुरु गरिएको छ । संक्रमण आशंका उक्त शिविरमा रहेका झण्डै १९ सय शरणार्थीहरुलाई पनि आइसोलेशनमा राखिएको बिबिसीले जनाएको छ । उनीहरुको कोरोना भाइरसको परिक्षण गरिने भएको छ ।

कक्स बजारको शिविरमा रहेका रोहिंग्याहरु गएको मार्च १४ देखि नै लकडाउनमा रहेको र भाइरसको महामारी शरणार्थीहरुमा अति नै विकराल बन्न सक्ने चिन्ता थपिएको छ ।

बंगलादेशमा रहेको सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डा शमिम जाहनले भनेका छन् कि अब विश्वको सबैभन्दा ठूलो शरणार्थी बस्तीमा भाइरसको प्रवेश भएको छ । यसबाट हजारौँ व्यक्तिको ज्यान जोखिममा पर्नसक्ने उनको चिन्ता छ । यो महामारीले बंगलादेशलाई दशकौँ पछाडि धकेल्न सक्ने समेत उनले चेतावनी दिएका छन् ।

कक्स बजारको शिविरमा प्रति एक वर्गकिलोमिटरमा ४० हजारदेखि ७० हजार शरणार्थी बस्न बाध्य रहेको बताइन्छ । जसका कारण त्यहाँ सामाजिक दूरी कायम गरेर बस्न समेत गाह्राे रहेकाे र संक्रमण फैलिँदै गएमा अवस्था भयावह हुने चिन्ता थपिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.