विराटनगरमा पहिलोपल्ट रात्रिकालीन फुटबल प्रतियोगिता हुने

रिपोर्ट नेपाल | 2021 Mar 21 | 07:43 am 253

माेरङ, चैत ८ः प्रदेश–१ को राजधानी विराटनगरमा पहिलोपल्ट रात्रिकालीन फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत २६ गते साँझ ७ बजेदेखि विराटनगरको शहिद रंगशालामा रात्रकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजक समितिले प्रदेश सरकारको लगानीमा सहिद रंगशालामा फ्रल्र्डलाइट जडानको कार्य सम्पन्न भएसँगै रात्रिकालीन गोल्डकपको आयोजना गर्न लागिएको जनाएको छ । गोल्डकप चैत २६ देखि शुरू भएर वैशाख ४ गते समापन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

गोल्डकपमा नेपाल, भारत र क्यामरुनबाट कुल १० वटा टिमको सहभागिता हुनेछ । आउँदो विराट गोल्डकपमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु पनि सहभागी गराउने उद्देश्यले यसपटक विराटनगर–११ बाट पनि टिम तयार भइरहेको आयोजक समितिले जनाएको छ । यसका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन विराटनगर महानगरपालिकाले गरेको विराट गोल्डकप फुटबल ट्रष्ट आयोजक समिति विराटनगरका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।

एन्फाको नियमानुसार सञ्चालन हुने खेलमा विजेता टिमलाई १५ लाख १५ हजार र उपविजेतालाई ७ लाख ५१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई पनि प्रत्येक म्याचमा १५ हजार नगद पुरस्कारको व्यवस्था मिलाइएको आयोजक समितिले जानकारी दिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.