विमानस्थलबाट अवैध नगदसहित पोल्याण्डका २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 15 | 05:12 pm 45

काठमाडौँ, वैशाख २ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित २ जनालाई पक्राउ गरेको छ । विहान ८ बजे बजे एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका मक्ष मिलिकन वेगलोस्की  र अकुभ स्टेक्कीलाई पक्राउ गरेको हो ।

मक्षको साथबाट १३ हजार ६ सय डलर , ५ हजार २ सय युरो र ५८ हजार नेपाली रूपैयाँ र अकुभको साथबाट ६ हजार १ सय डलर र ५ हजार युरोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको विमानस्थलका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.