विमानभित्रबाट अवैध अमेरिकी डलर बरामद

| 2022 Apr 24 | 06:05 pm 217

काठमाडौं, बैशाख ११ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्रबाट १०० दरका १०८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर बरामद गरिएको छ ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्‍यान्ड ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिए । बरामद डलर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.