विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Apr 21 | 09:18 pm 341

कैलाली, बैशाख ८ः जिल्लाको टिकापुर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ नारायणपुर बस्ने २० बर्षीय
लोकेन्द्र शाही र २० बर्षीय सुरेश रावल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाकुण्डबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा १ सय ५० वटा नाईट्रोभेट ट्याब्लेट, ६० वटा वीकेयर र १ ग्राम चरेश फेला पारिएको हो ।

काठसहित एक जना पक्राउ
सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका ९ स्थित बसन्तपुर ईलाकाबाट सशस्त्र प्रहरीले सिसौ तथा जामुनको काठसहित महोत्तरी जिल्लाको सोनमा गाउँपालका ४ बस्ने ३५ वर्षीय सोमित मण्डललाई पक्राउ गरेको छ । हरिपूर्वाबाट श्रीनगरतर्फ जाँदै गरेको ज १ त ५७९१ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको उक्त काठसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बिओपी संग्रामपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मण्डललाई बरामद काठ तथा ट्याक्टरसहित आवश्कय कारवाहीको लागि डिभिजन वनकार्यालय लालबन्दीमा बुझाईएको छ ।

ब्याट्री बरामद
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको १२ भोल्टको ७१ वटा ब्याट्री बरामद गरेको छ । बेवारीसे अवस्थामा रहेको उक्त ब्याट्री सशस्त्र प्रहरी बल नेपाल नम्बर २
छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद ब्याट्री भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
मोरङ जिल्लाको रंगेली नगरपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ४ लाख ५ हजार रुपैयाँ बराबरको अटो पार्टस् र लत्ताकपडा बरामद गरेको छ । प्रदेश नम्बर ०१–०४–००१ च ०३६० नम्बरको भ्यानमा राखि भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी रंगेलीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको लत्ताकपडा र ईलेक्ट्रोनिक सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान तथा भ्यान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.