विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 10 | 05:40 pm 55

स्याङजा,  साउन २५ सरकारद्वारा प्रितबन्धीत नेत्रविक्रम चन्द सूमह (विप्लव) का दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जाली र  भिरकोट–९ कै ४६ वर्षीय शिव दर्लामी रहेका छन् ।

उनीहरूलाई  गल्याङ नगरपालिका–३ गल्याङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए ।

पक्राउ परेकामध्ये दर्लामी जिल्ला कमिटी सदस्य हुन् भने सिञ्जाली साधारण कार्यकर्ता भएको बाताइएको छ । पक्राउ परेका दुवैलाई विस्फोटक पदार्थ एवं राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.