विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 12 | 01:09 pm 52

दमौली, माघ २९: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेको प्रहरीले जानकारी दिएको छ।

उनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

प्रहरीले विप्लव निकट विद्यार्थी सङ्गठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.