विप्लव समूहकाे अध्यक्ष भण्डारी पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 11 | 04:09 pm 82

नवलपरासी, असार २६: प्रहरीले सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको एक कार्यकर्तालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा विद्यार्थी संगठनको पश्चिम नवलपरासीकी अध्यक्ष शारदा भण्डारी रहेकी छन् ।

बुधबार दिउँसो भण्डारीलाई सरावल गाउँपालिकाको बासाबसही चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

आवश्यक सोधपुछका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनको घर कपिलवस्तुको बग्तीबगर भएपनि नवलपरासी विद्यार्थी संगठनको जिम्मेवारी दिइएपछि उनी सुनवल नगरपालिकाको कीर्तिपुरमा बस्दै आएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.