विप्लव समुहका नगर कमिटि सचिव पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 01 | 12:14 pm 35

बागलुङ, असोज १४: जिल्ला प्रहरी कार्यालय बागलुङले नेत्रविक्रम चन्द नेतृत्व (विप्लव) समुहका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा गल्कोट नगरपालिका–११ रिघा घर भएका २९ बर्षिय सुदर्शन नेपाली रहेका छन् । उनी गल्कोट नगर कमिटिका सचिव हुन् । नेपालीलाईआपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा गल्कोटबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेकाे हो ।

उनलाई थप अनुसन्धानका लागि गल्कोटबाट जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएर हिरासतमा राखिएको छ । नियन्त्रणमा लिएका नेपाली विप्लपका गतिबिधीमा संलग्न रहेको जानकारीका आधारमापक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए ।

उनलाई सोधपुछ तथा बयानपछि आवश्यक कानूनी कारबाही अगाडी बढाइने बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । संविधान विपरितका कार्य हुन नदिन प्रहरीले सदैव निगरानी बढाएको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.