विप्लव समुहकाे वडा कार्यालयमा ताेडफाेड

रिपोर्ट नेपाल | 2019 Jun 12 | 03:48 pm 111

जाजारकोट, जेठ २९:  सरकारद्वारा प्रतिबन्धीत  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृतत्वको नेकपाका समुहले नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन्।

कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । ताेडफाेड गर्दै नेकपाका कार्यकर्ताले जनप्रतिनिधिलाई भ्रष्ट, दलालको आरोप लगाएका थिए । विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले अन्य ठाउँमा समेत दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.