विद्युत प्राधिकरणका एक कर्मचारी घुससहित पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 10 | 12:03 pm 35

  • महेश सिंह

सिराहा, भदौ २४: नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी ८० हजार घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले विद्युत कार्यालय सिराहाका इलेक्ट्रेसियन छेदिलाल साहलाई घुस सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार्यरत कर्मचारी छेदी लाल साह सोनार रहेका छन् । उनलाई सिराहाको विष्णुपुरस्थित एक होटलमा सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारको कर्मचारीले जानकारी दिए। विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका इलेक्ट्रेसियन साहमाथि अख्तियारले कारबाही प्रक्रिया अगाडी बढाएको छ । साहलाई अख्तियारको कार्यालय बर्दिबास लगिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.