‘विदेशमा सम्पत्ति लुकाइएको’ भन्ने समाचारप्रति प्रचण्डको आपत्ति

रिपोर्ट नेपाल | 2019 Aug 13 | 03:21 pm 87

काठमाडौं, साउन २८ : ‘विदेशमा प्रचण्डको सम्पत्ति लुकाइएको’ भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति प्रचण्डको सचिवालले गम्भीर आपत्ति जनाएको छ।

प्रचण्डको सचिवालयले एक विज्ञप्ती जारी गरी ‘दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएकाे’ भन्ने समाचार षडयन्त्रपूर्ण भ्रामक प्रचार गरेकाे भन्दै आपत्ति जनाएको हाे ।

जारी विज्ञाप्तिमा भनिएकाे छ- ‘यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ । क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् ।’

अध्यक्ष प्रचण्डको दुबई भ्रमणलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उनको बदनाम गर्न उद्दत भएकाे पनि सचिवालयकाे ठहर छ । प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौति समेत सचिवालयले दिएकाे छ । षडयन्त्रपूर्ण र झुटा प्रचार गर्नेलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध पनि गरेकाे छ ।

Image may contain: text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.