वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी

| 2020 Dec 02 | 06:26 pm 257

काठमाडौं मंसिर १७ : नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुणदल गुल्मी काठमान्डौ सम्पर्क समितिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएकोमा बिरोध जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा नगरिए सम्पर्क समितिका उपाध्यक्ष दिपक थापा र कोषाध्यक्ष शिभमणि भण्डारीले प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

रिपोर्ट नेपाल सित कुरा गर्दै उपाध्यक्ष दिपक थापा र कोषाध्यक्ष शिभमणि भण्डारीले वर्तमान सरकारको अधिनायकवादी र भ्रस्ट हरुको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन तरुण हरु एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन ।

जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो । तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.