वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Sep 14 | 01:56 pm 47

काठमाडाैं, भदाै २९ः नेपाल वायुसेवा निगमको वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार बिहान स्टार अस्पतालमा गरीएको स्वाब परीक्षणमा लामालाई कोरोना पुष्टि भएको हो । उनी हाल सोल्टी होटलको आइसोलेसनमा छन् ।

उनीसँगै जहाज उडाएका अर्का बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि भाइरस संक्रमण पुष्टि भएको छ।

क्याप्टेन लामा र कोल्हात्करले तीन दिनअघि शान्ति मिसनमा खटिएकाे नेपाली सेनाकाे टाेलीलाई निगमको २७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको वाइड बडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

निगमका स्रोतका अनुसार काठमाडौंबाट जाँदा २ सय ५० र उताबाट फर्कंदा पनि २ सय ५० हाराहारी नेपाली सेना जहाजमा सवार थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.