वन र कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 08 | 06:45 pm 70

बारा, कात्तिक २२:  वन मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ का ५० वर्षीय रुस्तम लामा रहेका छन् ।

तत्कालिन नारायणी अंचल अदालतको २०४७ फागुन ८ गतेको फैसला आदेशले वन मुद्दामा २ महिना कैद र ३ सय ४० जरिवाना हुने ठहर गरेको थियो ।

ठहर पश्चात् फरार रहेका लामालाई (हिजो) बिहीबार ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

उनलाई सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा अदालतको आदेशले ठेकिएको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको छ ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नं. ६ का गजानन्द यादव रहेका छन् ।

२०७५ कात्तिक ३० गते करिब १०ः ३० वजेको समयमा महागढीमाई नगरपालिका वडा नं. ६ मझरिया टोलकी २१ वर्षीया किरणदेवी यादवलाई कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा वारदात मुद्दा दर्ता गरिएको थियो ।

उक्त मितिदेखि नै फरार रहेका अभियुक्त यादवलाई (आज) शुक्रबार लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने पहिलो पटक दिन ५ को म्याद अनुमति लिई थप अनुसन्धान कारवाही भई रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.