वडा सदस्यको निधनपछि गाउँपालिकामा सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2020 Feb 11 | 11:28 am 54

बैतडी, माघ २८: वडा सदस्यको मृत्यु भएपछि शिगास गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमवार बसेको गाँउपालिका बैठकले वडा नं ८ कि दलित महिला सदस्य एवम कार्यपालिका सदस्य सुर्जामती दमाइको निधन प्रति सोकसभा पारित गर्दै आज सार्बजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रसासकिय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए ।

श्वासप्रश्वास सम्बन्धी समस्या कारण ७० वर्षिया सुर्जामति दमाईको आईतबार निधन भएको थियो । यस्तै गाउपालिकाले मृतक कार्यपालिका सदस्य दमाइको परिवारलाई २५ हजार प्रदान गर्ने निर्णय भएको अवस्थीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.