वडा सदस्यका छोरा १ लाख ६० हजार घुससहित पक्राउ

| 2019 Aug 13 | 05:32 pm 41

जनकपुरधाम, साउन २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सदस्यका छोरालाई १ लाख ६० हजार घूससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा मुकेश रहेको छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले वडा सदस्य साहका छोरालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट पक्राउ गरेको हो। सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल पास गरिदिने नाममा वडाध्यक्ष रफिक आलम र सदस्य कारीले घुस मागेका थिए।

पक्राउ परेका मुकेशमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.