वडा अध्यक्ष श्रेष्ठले ४८ वटा धारा बनाएर पूरा गर्दै चुनावी प्रतिवद्वता

रिपोर्ट नेपाल | 2019 Jul 17 | 01:43 pm 49

तनहुँ, साउन १:  खानेपानीको समस्या धेरै लामो समयदेखि खेपी रहेका तनहुँको व्यास नगरपालिका–१४  मास्दीबासीका समस्या अन्त्य भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा उपभोक्ता समितिको श्रमदानमा गााउँमा “एक घर एक धारा” कार्यक्रम अन्तर्गत प्रत्येक घरमा धारा जडान भएपछि उनीहरुको समस्या समाधान भएको हो ।

चुनावको बेला मास्दीबासीलाई वडाध्यक्ष काजीमान श्रेष्ठले गरेको प्रतिवद्धता पुरा गर्दै गाउँमा एक घर एक धारा अभियान मार्फत ४८ वटा घरमा धारा जडान कार्य सम्पन्न गरिएको छ । वडा कार्यालयको ८ लाख र २ लाख बराबरको जनश्रमदान गरी १० लाखको आर्थिक सहयोगमा गाँउका ४८ घरमा धारा जडान गरिएको श्रेष्ठले जानकारी दिए ।

यसअघि गाउँमा एउटा साझा धारो थियो । त्यो पनि एक समय मात्र पानी आउने हुनाले एक घरले २ ग्राग्री पानीले गुजारा गनुपर्ने बाध्यता भएको मिलीजुली मास्दी टोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर गुरुङले बताए ।

आफ्नै घरमा २४सै घण्टा पानी आउने भएपछि दङ्ग परेको भएको स्थानीय धनकुमारी थापाले बताइन् । साथै मास्दीमा २ लाखको लागतमा सार्वजनिक शौचालय समेत निर्माण गरिएको छ ।

कार्यक्रम मार्फत सोही वडाको रुम्सीमा १सय १३ घरमा धारा जडान कार्य सम्पन्न भएको छ । त्यस्तै ठिनमा ७१ घरमा, हर्कपुरमा ३८ घरमा समेत धारा जडान कार्य सम्पन्न भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । आगामी आर्थिक वर्षमा वडाको ८ सय २३ घरमा धारा जडान गर्ने लक्ष्य रहेको उनले बताए । मिलीजुली मास्दी टोल खानेपानी तथा सार्वजनिक शौचालय व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.