वडा अध्यक्ष यादवद्वारा रामेश्वर महादेव मन्दिरको उद्घाटन

रिपोर्ट नेपाल | 2022 Mar 26 | 12:07 pm 585

  • महेश सिंह

सिरहा, चैत १२ः सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वडा नम्बर ४ मा रामेश्वर महादेव मन्दिरको उद्घाटन भएको छ। उक्त मन्दिरको उद्घाटन वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार गोईत यादवले एक बृहत कार्यक्रमको आयोजना गरी धर्मिक परम्परा अनुसार बिधिवत रूपमा गरेका हुन्।

उक्त स्थानमा प्राचीन कालदेखि नै पुरानो रामेश्वर महादेव मन्दिरको भौतिक संरचना रहेको स्थानीयको भनाई रहेको छ। स्थानीयका अनुसार उक्त स्थानमा रहेको मन्दिर निकै शक्तिशाली र लोकप्रीय मन्दिर भएको बताए।

स्थानीय महिला दिदी बहिनीहरुले उक्त शिवालयमा पुजा अर्चना गर्न पहिला पनि घुईचो लाग्ने गरेको थियो। सोही स्थानमा रहेको पुरानो मन्दिर भत्काएर नयाँ स्वरुपको आकर्षक मन्दिर निर्माण गरिएको हो।

वडा अध्यक्ष रमेश कुमार यादवले पुरानो मठ मन्दिर तथा धर्म संस्कृतिको संरक्षण सम्बर्द्धनलाई महत्त्व दिदै दुई आर्थिक बर्षको ३ र ३ लाख गरी जम्मा ६ लाखको लगानीमा वडा स्तरीय बजेट लगानी गरी उक्त मन्दिर निर्माण गरिएको बताए।

सोही वडाका वडा सदस्य गणेश प्रसाद चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा वडा ४ का अध्यक्ष रमेश कुमार यादव रहेका थिए। प्रमुख अतिथि यादवले मन्दिरलाई उद्घाटन गरेका हुन्। बिशिस्ट अतिथिमा जसपा नेपालका सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष परियाग लाल यादव, सखुवानान्कारकट्टी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष महेन्द्र प्रसाद यादव रहेका थिए।

अतिथिमा जसपा नेपालका वडा नम्बर ४ एकाई कमिटी अध्यक्ष भोगेन्द्र झा, मन्दिर निर्माण उपभोक्ता समितिको अध्यक्ष राम देब साह लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.