वडाध्यक्षमाथि क्वारेन्टाइनमै कुटपिट

रिपोर्ट नेपाल | 2020 Mar 30 | 11:54 am 50

बैतडी, चैत १७:  जिल्लाको पुरचौँडी नगरपालिका वडा नं ७ का वडा अध्यक्षमाथि क्वारेन्टाइन स्थलमै कुटपिट भएको छ ।

गल्लेक मावि, बडगाउँको क्वारेन्टाइनमा आइतबार अपरान्ह करिब ४ बजेतिर स्थानीय ३६ वर्षीय धर्मानन्द बडुले वडाअध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट गरेका हुन् ।

मदिरा खाएर क्वारेन्टाइनमा होहल्ला नगर्न भन्दै आग्रह गर्नासाथ आफूमाथि कुटपिट भएको वडा अध्यक्ष ऐरले जानकारी दिए ।

वडाअध्यक्षको स्थानीय स्वास्थ्य चौकी उपचार भइरहेको र कुटपिट गर्ने बडुलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, पुरघाटले जानकारी दिएको छ ।

यसअघि पनि पुरचौँडी ५ स्थित कुँवाकोटमा भारतबाट घर फर्केका स्थानीयलाइ क्वारेन्टाइनमा राखेको भन्दै एक स्वास्थ्यकर्मीमाथि पनि कुटपिट भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.