वडाध्यक्षको घरमा बम विस्फोट

रिपोर्ट नेपाल | 2019 Nov 25 | 07:26 am 55

कास्की, मंसिर ९: पोखरा महानगरपालिकाको वडा नम्बर ३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको छ । उनको घरमा अज्ञात व्यक्तिले सोमबार बिहानै बरिब पौने ३ बजेतिर बम बिस्फोट गराएको प्रहरीले जानकारी दिए ।

उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा बम विस्फोटको घटना भएको हो । विस्फोटबाट वडाध्यक्षको गाडी क्षतिग्रस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका १७ बिरौटास्थित आचार्यको घरको कम्पाउन्डमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलक्स गाडी बमको धमाकामा परी क्षतीग्रस्त भएको हो । यद्यपि क्षतिको यकीन विवरण खुलिसकेको छैन भने विस्फोटमा संलग्न व्यक्तिको पहिचान पनि हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.